उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - कमेडी रियालिटी सो कमेडी च्याम्पियन र रेडियो अडियोबीच सम्झौताभएको छ ।
थ्री प्रोडक्सन प्रा.लि.ले उत्पादन गर्न लागेको कमेडी च्याम्पियनको एक्सक्लुसिभ ब्रोडकाष्टिङ्ग पार्टनरको रुपमा रेडियो अडियोसँग सम्झौता भएको हो । हास्यव्यङ्ग्यसँग सम्बन्धित कमेडी च्याम्पियन नेपालको पहिलो रियालिटि शो हो जसले नयाँ हास्यव्यङ्ग्यका नयाँ प्रतिभा जन्माउने अपेक्षा गरिएकाे छ । पहिलो चरणको कमेडी च्याम्पियन २५ हप्तासम्म कान्तिपुर टेलिभिजनसँगै रेडियो अडियोबाट र यसका नेटवर्क स्टेशनबाट एकै साथ प्रसारण हुनेछ ।
यो सम्झौतासँगै अब कमेडी च्याम्पियनमा सहभागी हुन रेडियो अडियोबाट पनि अडिसन दिन मिल्ने भएकाे छ । उपत्यका बाहिरका सहभागीले रेडियो अडियोको आईभीआर सर्भिस प्रयोग गर्न सक्नेछन् ।
मंगलबार रेडियो अडियो कार्यालयमा रेडियोका निर्देशक अमितचन्द्र अधिकारी र कमेडी च्यापियनका निर्देशक बिशाल भण्डारीबीच रेडियो पार्टनरको रुपमा सहकार्य गर्ने सम्झौता भएको हो ।
कान्तिपुर टेलिभिजन सँगै रेडियो अडियोबाट र यसका नेटवर्क स्टेशनबाट एकै साथ प्रसारण हुने कमेडी च्याम्पियनमा बरिष्ट हास्यकलाकार सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायकमा रहेका छन् ।
कमेडी च्याम्पियनमा सहभागिता जनाउनका लागि गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स डाउनलोड गरेर सम्पादन नगरिएको ३ मिनेटको स्ट्यान्डप कमेडी भिडियो अपलोड गर्नुपर्नेछ । साथै विदेशबाट सहभागिता जनाउनेका लागि ५ मिनेटको सम्पादन नगरिएको स्ट्यान्डप कमेडी भिडियो पठाउनु पर्नेछ ।
यस्तै रेडियो अडियोको कार्यालयमा भिडियो पठाएर पनि कमेडी च्यापियनमा सहभागिता जनाउन सकिने रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीले बताउनुभयाे ।
कमेडी च्याम्पियनका विजेताले २५ लाख रुपैयाँ र एउटा कारसहित ५० लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । केकी अधिकारी,राज घिमिरे र सृजे थपलिया निर्माता रहेकाे कमेडी च्याम्पियनलाई नायिका तथा नेपाल आइडलमा समेत काम गरेको अनुभव बटुलेकी रिमा विश्वकर्माले हाेस्ट गर्ने जनाइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।