नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी नेपालमा लगानी गर्न दक्षिण काेरियाकाे निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ ।
दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको भन्दै उहाँले अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गर्नुभएकाे हाे।
दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारले सीप र अनुभवलाई भरपुर उपयोग गरेर देशलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उहाँले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।