पीडितलाई क्षतिपूर्ति दिन आलटाल गर्ने म्यानपावरलाई कडा कारबाही हुन्छ : विभाग

 साउन १४, २०७६ मंगलबार १३:२६:४२ | उज्यालो सहकर्मी

काठमाण्डौ – पीडितलाई क्षतिपूर्ति दिन आलटाल गर्ने म्यानपावर कम्पनीलाई कडा कारबाही गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

एक म्यानपावर कम्पनीले पासपोर्ट, कागजात र रकम लिने, अनि अर्को म्यानपावरबाट कामदार पठाउने र कामदार समस्यामा परेर क्षतिपूर्तिका लागि उजुरी दिंदा एकले अर्कोलाई दोष देखाउँदै आलटाल गरेमा कारबाही हुने विभागले जनाएको छ । 

साथै, म्यानपवार कम्पनीले एजेण्ट बनेर काम गरेमा, कम्पनीबीचमा कामदारको मागपत्र किनबेच नगर्न विभागले अनुरोध गरेको छ । कारबाहीमा परेर रोक्का रहेका म्यानपावरले अर्को म्यानपावरको फाइल प्रयोग गर्ने गरेमा हदैसम्मको कारबाही हुने पनि विभागले जनाएको छ । 

यस्ता गुनासा पीडितहरुबाट बढेको भन्दै विभागले म्यानपावर कम्पनीलाई यस्तो कार्य नगर्न सचेत गराएको हो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया