नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बैतडी - उत्खनन र प्रशोधन हुन नसक्दा बैतडीका भिरहरुमा पाइने बहुमूल्य जडीबुटी शीलाजितको खेर गइरहेको छ । ठूल्ठूला भिरहरुमा गर्मीको महिना चुहिने शीलाजितको उचित संकलन र प्रशोधन अहिले सम्म हुन सकेको छैन ।
यहाँका धेरैजसो ठाउँमा शीलाजित पाइने भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्यराज नरेन्द्र कलौनीले बताउनुभयो । गाउँघरमा परम्परागत रुपमा भिरहरुबाट स्थानीयहरुले निकालेर शीलाजित बनाउने गरेको तर राज्यका तर्फबाट यसकाे व्यवसायिक रुपमा उत्खनन र प्रशोधन हुन नसकेको उहाँले बताउनुभयो ।
शीलाजित हरेक बिरामीहरुका लागि उपयोगी भएको वरिष्ठ वैद्यराज कलौनीले बताउनुभयो । ‘शीलाजितलाई हरेक रोगमा टनिकको रुपमा प्रयोग गर्न सकिन्छ, यसलाई चोटपटक लागेमा, शरीर दुख्ने समस्या भएको बिरामीहरुका लागि बढी मात्रामा प्रयोग गर्ने गरिएको छ, उहाँले बताउनुभयो ।
ठूला-ठूला भिरहरुका चट्टान तथा ढुंगाहरु पग्लेर शीलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचाैरमा कार्यरत रामदत्त भट्टले बताउनुभयो । बैतडीको दशरथचन्द नगरपालिका-१०, झुलाघाट नजिकैको मौरा भिर, पञ्चेश्वरको बलाराभिर, सुर्नयाको रौलेश्वर भिरलगायत ठूलाठूला भिरहरुमा शीलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले भनाइ छ ।
सूर्यतापी र अग्नितापी शीलाजित
शीलाजित दुई किसिमको हुने कलौनीले बताउनुभयो । भिरबाट संकलन गरेर ल्याएका शीलाजितयुक्त ढुंगाहरुबाट दुई किसिमको शीलाजीत निकाल्न सकिने उहाँको भनाइ छ । सूर्यको किरणमा शीलाजितयुक्त ढुंगा राखेर त्यसबाट शीलाजित संकलन गरिएमा त्यसलाई सूर्यतापी शीलाजीत भन्ने गरिन्छ ।
शीलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर संकलन गरेमा त्यसलाई अग्नितापी शिलाजीत भन्ने गरिन्छ । भिरबाटै संकलन गर्न सके निकै शुद्ध शीलाजित निस्किने उहाँले बताउनुभयाे ।
बैतडी जिल्लामा शीलाजितसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख छ । शीलाजितलाई पनि वन-पैदावार जडिबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।