उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–६, लाम्डाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बा १८ च १०३८ नम्बरको जीप शनिबार राति साढे आठ बजे दुर्घटना हुँदा जीपमा रहेका सुन्दरबजार नगरपालिका–९, का ३८ वर्षीय रेशबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख तथा डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुरुङलाई जीपले च्यापिएको अवस्थामा फेला पारिएको हो । जीप दुर्घटनामा ज्यान गुमाएका गुरुङको शव पोस्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पतालमा राखिएको डीएसपी गुरुङले बताउनुभयो ।
उहाँका अनुसार जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको थियो । चालकसहित जीपमा ३ जना रहेकोे उहाँले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका जीप चालक बाराका ३० वर्षीय दावा गोले तामाङ र जीपमा रहेका दोर्दी गाउँपालिका–६, का विजय गुरुङलाई प्रहरीले उद्धार गरी उपचारका लागि शनिबार राति नै अस्पताल पठाएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।