सोमबार कोरियन वनको भाउ घट्यो

 साउन २०, २०७६ सोमबार ११:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार कोरियन वनको मूल्य केही पैसाले घटेको छ भने अन्य विदेशी मुद्राको मूल्यमा खासै फेरबदल भएको छैन । 

नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी खरिददर १११ रुपैयाँ ४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ । 

यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकेको छ । 

सोमबार यूएई दिर्हामको बिक्रीदर भने १ पैसाले मात्र बढेको छ । १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ २३ पैसा बिक्रीदर ३० रुपैयाँ ३९ पैसा थियो ।

मलेसियन रिंगिटको भाउमा पनि आइतबारको मूल्यमा कुनै फेरबदल भएको छैन । सोमबार  रिगिंट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा नै छ । 

कोरियन वन को मूल्य भने केही पैसाले घटेको छ । सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा तोकेको छ । आइतबार कोरियन वन १०० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा थियो ।

कुवेती र बहराइन दिनारको भाउमा पनि आइतबारको भन्दा कुनै फेरबदल भएको छैन । सोमबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा छ । 

यस्तै बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा नै छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया