उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
यूएई – ‘दुबई एक्स्पो २०२०’ मा नेपालकाे सहभागिताबारे छलफल भएको छ ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र यूएईको परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्ला बिन जायद अल नयनबीच भएकाे भेटमा यस्ताे छलफल हो ।
मन्त्री नयनकै कार्यकक्षमा शनिबार साँझ भएको भेटवार्तामा राजदूत ढकालले नेपालले दुबई एक्स्पोमा सहभागिता जनाउन स्टल बनाउने काम सुरु गरिसकेको जानकारी गराउनु भएको थियो । त्यस्तै यूएईको ग्लोबल भिलेजमा समेत नेपाली स्टल राख्ने विषयमा दूतावास सम्वेदनशिल भएर काम गरिरहेको राजदूत ढकालको भनाई छ ।
दुबई एक्स्पो २०२० मा नेपाल सहभागी हुन सरकारले ग्लोबल टेण्डर आह्वान गरेर आइईपी नामक कम्पनीले काम सुरु गरिसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो । अमृतरत्न शाक्यको कम्पनीले अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारी गरिहएको छ ।
मन्त्री नयान र राजदूत ढकालबीचको भेटमा दुई देशको आपसी हितका साथै व्यापार, लगानी, पर्यटन, हवाईसेवा, दुबई एक्स्पो २०२० तयारी लगायतका विषयमा छलफल भएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । दुबई एक्स्पो २० अक्टोबार २०२० मा हुँदैछ ।
राजदूत ढकालले आबुधावीका राजकुमार तथा सैन्य डेपुटी कमाण्डर शेख महोम्मद बिन जायद अल नयनलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निम्तो आफ्नो ओहोदाको प्रमाणपत्रसँगै हस्तान्तरण गरेको स्मरण गर्दै राजकुमारको नेपाल भ्रमण गराउन आफूहरु उत्साहित भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।