उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ ।
चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चलचित्र ‘साइनो’लाई नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेकी हुन् । हुन त यस अघि पनि ‘साइनो’ नाम राखेर नेपाली चलचित्र बनिसकेको छ । तर पुरानो चलचित्रसँग ‘साइनो’को कुनै पनि सम्बन्ध नरहेको निर्माता चन्दको भनाइ छ ।
चलचित्र ‘साइनो’लाई विशुद्ध नेपाली परिवेशमा रहेर निर्माण गरिएको निर्माता चन्दले बताइन् । पुरानादेखि नयाँ कलाकारहरुको संयोजनले चलचित्र सुन्दर बनेको निर्माता चन्दको भनाछ छ ।
चन्दले जीवनभर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहनका लागि पनि चलचित्र निर्माण सुरु गरेको बताइन् । उनले अन्तिम साससम्म पनि नेपाली चलचित्र नै हेर्ने र यसै क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरिन् । यस अघि नै सार्वजनिक गीत तथा ट्रेलरलाई दर्शकले रुचाएका छन् ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रको निर्देशन रमेश थापाले गरेका हुन् । चलचित्र ‘साइनो’ मा राज कुमार, मिरुना मगर,निता ढुंगाना, राजाराजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् ।
उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।