उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई जम्मू कश्मीरको धारा ३७० हटाएकोमा बधाई दिएका छन् ।
रजनीकान्तले जम्मू कश्मीरको धारा ३७० हटाउनु सरकारको राम्रो फैसला भएको बताएका छन् । यसका लागि उनले प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहलाई बधाई दिएका हुन् ।
यतिमात्र नभइ रजनीकान्तले मोदी र शाहको जोडीलाई कृष्ण र अर्जुनको जोडीसँग तुलना गरेका छन् । उनले संसदमा गृहमन्त्री शाहको भाषण निकै सुन्दर रहेको बताएका छन् । रजनीकान्तले चेन्नईमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा यस्तो बताएका हुन् ।
गएको सोमबार केन्द्र सरिकारले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० को प्रावधानलाई खारेज गर्ने फैसला गरेको थियो । जम्मू कश्मीरमा धारा ३७० हटाइएपछि धेरैले सरकारको फैसलाको स्वागत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।