नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – सिनामंगलमा रहेको अलायन्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले यूरोप पठाउने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको पाइएको छ ।
कन्सल्टेन्सीले सामाजिक सञ्जालमा युरोपका विभिन्न पदका लागि विज्ञापन गरी अन्तर्वार्ता लिइरहेको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले गौशला प्रहरीको सहयोगमा शनिबार आकस्मिक अनुगमन गर्दा अवैध रुपमा अन्तर्वार्ता लिइरहेको पाइएको हो ।
अनुगमनको क्रममा कन्सल्टेन्सीबाट साइप्रस जानका लागि आवेदन दिएका फाइल र पासपोर्ट स्क्यान कपी, कामदार भिषा र यूरोपका विभिन्न देशमा कामदार भिषामा पठाएकाहरुको विवरणसमेत भेटिएको विभागले जनाएको छ ।
अनुगमन टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सी.पी.यू. जफत गरेको छ । कन्सल्टेन्सीका सञ्चालक सुजित कुमार श्रेष्ठलाई आवश्यक बयानको लागि उपस्थित हुन पत्र काटिएको पनि विभागले जनाएको छ ।
पछिल्ला दिनमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर मोटो रकम लिई नियम विपरीत विभिन्न देशमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा परेको विभाग महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।
विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।