नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगा – बलात्कारको आरोपमा साउन महिनामा मात्रै ओखलढुंगाामा तीन जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरी जवान र ६५ वर्षीय वृद्ध पनि पक्राउ परेका छन् ।
किशोरी बलात्कार गरेको आरोपमा एक साता अघि प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् । यादवले जबरजस्ती करणी गरिरहेका बेला किशोरीका बुवाले फेला पारेपछि घटना बाहिर आएको थियो ।
यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरी बलात्कार गरेको खुलेको छ । आरोपित यादवलाई पक्राउ गरि कारबाही प्रक्रिाया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो ।
यस्तै, १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ पनि परेका छन् । चिशंखुगढी गाउँपालिका–६ भदौरेका अम्बरबहादुर मगर पक्राउ परेका हुन् । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । मगरले बालिकालाई प्रलोभनमा पारेर शौचालयमा लगेर करणी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, साउन १ गते एक ३२ वर्षीया महिला बलात्कार गर्न खोजेको आरोपमा लिखु गाउँपालिका–८ का २७ वर्षीय विक्रम विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रातको समयमा पीडित महिलाको घरको ढोका फुटाएर घरभित्र पस्न खोज्दा महिलाले होहल्ला गरेपछि बलात्कृत हुनबाट जोगिएकी थिइन् । उनैका उजुरीका आधारमा विष्ट पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनामाथि म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।