रवि लामिछानेकाे आजकाे बयान सकियाे
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - मेयर र उपमेयरबीचको विवादले हंसपुर नगरपालिका कार्यालयमा लागेको ताला झण्डै एक महिनापछि खुलेको छ ।
कार्यालय सार्ने विषयलाई लिएर नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीचको विवाद चुलिएको थियो । जसका कारण गएकाे साउन ३ गते उपमेयर झाले कार्यालयमा तालाबन्दी गर्नुभएको थियो ।
नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा सञ्चारकर्मीहरुको रोहवरमा बुधबार ताला खोलिएको उपप्रमुख झाले बताउनुभयो । उच्च अदालत जनकपुरले बघचौडामैे तत्कालका लागि कार्यालय संचालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाले बताउनुभयाे ।
वडा नम्बर-२ को बघचौडामा रहेको नागरपालिकाको कार्यालय नगरप्रमुख मण्डलले गएकाे साउन ३ गते वडा नम्बर-३ को बेल्हीचोकमा सार्नुभएको थियो ।बघचौडामा रहेकाे कार्यालयमा रहेका कागजातहरु मेयरले अर्को कार्यालयमा लग्न खोज्दा साउन उपमेयर झाले तालाबन्दी गर्नुभएको थियो ।
नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाज पहिलेको बघचौडाबाटै सञ्चालनमा आएको छ ।
यसअघि प्रमुख मण्डलले बेल्हीचोकमा रहेकाे कार्यालय सञ्चालनमा ल्याएपछि कर्मचारीहरु पहिलेकै कार्यालयमा उपस्थित नभइ बेल्हीचोककाे नयाँ कार्यालयमा उपस्थित हुने गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।