नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दाेलखा - जनै पूर्णिमाको अवसरमा दोलखाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल सैलुङमा लाग्ने मेला झण्डै १० हजार भक्तजनले भरेका छन् ।
सैलुङ गाउँपालिका वडा नम्बर-८, सैलुङको सय थुम्कामा जनै पूर्णिमाको २ दिन अघि अर्थात गएकाे साेमबारदेखि बुधबारसम्म लागेको मेला भर्न करिव १० हजार तिर्थालु पुगेका हुन् ।
सैैलुङको मेलामा धामी झाँक्री गुफा बस्ने, मृतकको सम्झनामा बत्ती बाल्ने तथा पूजा अर्चना गर्ने गरिन्छ । झण्डै ७ सय वर्ष अघिदेखि सैैलुङमा मेला लाग्ने गरेको विश्वास रहँदै आएकाे छ । यस वर्षको मेला शान्तिपूर्ण ढंगले सम्पन्न भएको सैैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।
सैलुङ मेलाका क्रममा भएका फोहोर व्यवस्थापनसँगै चिया नास्ताकाे व्यवस्था स्थानीय खाँडादेवी युवा क्लबले गरेको थियो । सडकको अवस्था नाजुक भएपछि दोलखासहित रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश भक्तजनहरु हिँडेर र ट्रकमा चढेर सैैलुङ पुगेका थिए ।
तस्बिरहरु: सामाजिक सञ्जालहरुबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।