नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
मोरङ – वैदेशिक रोजगारीमा दुवई पठाइदिने भन्दै ७ जनाबाट लाखौँ रुपैयाँ उठाएर एक व्यक्ति फरार भएका छन् ।
सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह तीन महिनादेखि फरार भएका हुन् । आकर्षक आम्दानीको लोभ देखाएर सात जना युवासँग प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ लिएर साह फरार भएको पीडितहरुले बताएका छन् ।
सात जनाबाट ११ लाख ९० हजार उठाएर साह तीन महिनादेखि सम्पर्कविहीन छन् । साहले सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डलबाट पैसा उठाएका थिए ।
साहले रकम असुलेको बारेमा पीडित युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन् । कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले कार्यालयले साहका नाममा पक्राउ पूर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरेको बताउनुभयो । सञ्जेलले आर्थिक अवस्था कमजोर भएका युवा विदेश जान खोजेको र उनीहरुबाट त्यही मौकामा रकम उठाएर ती ब्यक्ती फरार भएको पुष्टि गर्नुभयो ।
सबै प्रमाणका आधारमा ठगी गरेको पुष्टि भएपछि साहलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाइने उहाँको भनाइ छ । वैदेशिक रोजगारीका लागि गएको वैशाख ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेर आफूहरु फिर्ता आउनु परेको युवाहरुले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
पर्यटक भिसामा वैदेशिक रोजगारीका लागि जान लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित मध्येका एक गन्नु मण्डल सरवरियाले बताउनुभयो । त्यसपछि सबैको राहदानी लिएर साह सम्पर्कविहीन भएको उहाँले जानकारी दिनुभयो ।
यता, युवाहरुले आफूहरुबाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितहरुविरुद्ध उजुरी दिएका छन् । पैसा फिर्ता गर्न विभिन्न धाकधम्की दिएको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।
सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको पीडित युवाहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।