नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रेदश २ सरकारको विषयमा दिनुभएको अभिब्यक्ति फेर्नुभएको छ ।
सोमबार शहीद रामवृक्ष यादवको स्मृति सभालाई धनुषाको बरमझियामा सम्बोधन गर्दै उहाँले प्रदेश २ मा झनै भ्रष्टाचार बढेको बताउनुभएको थियो ।
मंगलबार बिहान विपद व्यवस्थापन समिति धनुषाले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै सबैभन्दा बढी काठमाण्डौ र सिंगो देशमा नै भ्रष्टाचार बढीरहेको बताउनुभयो ।
त्यही कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले आफूले मात्र २ नम्बर प्रदेशमा भ्रष्टाचार बढेको नभनेर देशैभर सुशासन र भ्रष्टाचार एउटा ठूलो चुनौती भएको कुरा समान्य रुपमा राखेको दाबी गर्नुभयो । अब सरकार र हामी सबै आ–आफ्नो स्थानबाट भ्रष्टाचार, सुशासनको निम्ति अझ प्रभावकारी तरिकाबाट अघि बढ्नुपर्ने प्रचण्डको धारणा छ ।
भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीसँग कुरा गरेको बताउँदै प्रचण्डले यसको निम्ति प्रदेश नम्बर २ सरकार, सम्पूर्ण राजनीतिक दलसंग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
अर्को प्रसंगमा प्रचण्डले बर्सेनि बाढी पहिरोबाट हुने जनधनको क्षतिलाई मध्यनजर गर्दै दीर्घकालीन समस्या समाधानको निम्ति रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सीमा क्षेत्रमा हुने डुबानको लागि भारतसरकारसँग सहकार्य गरेर बाँधका समस्याहरुलाई पनि निराकरण गर्नुपर्ने उहाँको धारणा छ ।
प्रदेश २ को किास र समृद्धिविना देश समृद्धिको कल्पना गर्न नसकिने बताउँदै प्रचण्डले चाँडै प्रदेश २ को लागि छुट्टै प्याकेज बनाएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।