उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
गुल्मी – ताल फुटेसँगै तालको पानीले पक्की सडक बगाउँदा अवरुद्ध बनेको मध्य पहाडी लोकमार्गअन्तर्गत बाग्लुङ–बुर्तिबाङ सडकखण्ड सुरु बनेको छ ।
बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाअन्तर्गत तुरतुरे भन्ने स्थानमा गएको साउन २० गते ताल फुटेसँगै त्यस सडक खण्डको दुई सय मिटर पक्की सडक खोलाले बगाएपछि सडक पूर्ण रुपमा बन्द भएको थियो ।
सडक सुरु गर्न मध्य पहाडी सडक आयोजनाले दैनिक तीन वटा डोजर र एक्स्काभेटर प्रयोग गरेर सडक माथिबाट चट्टान फुटाएर सडक चौडा पारेको थियो ।
चाडबाड नजिकिँदै जान थालेको अवस्थामा सडक अवरुद्ध बनेपछि जिल्ला प्रशासन, स्थानीय गाउँपालिका, नगरपालिका र मध्य पहाडी सडक आयोजनालगायतको सहयोगमा १६ दिनपछि अवरुद्ध सडक पूर्ण रुपमा सुरु बनेको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो ।
‘सुरुमा हेर्न जाँदा निकै अप्ठेरो र चट्टान थियो, त्यो हेर्दा यति चाँडै खुलाउन सकिन्छ जस्तो लागेको थिएन, सडक खुलाउनका लागि आयोजनालाई जिम्मा दिइएको थियो, समयमै काम गरेर अवरुद्ध सडक सुरु बन्यो’, प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भन्नुभयो ।
सडक सुरु भएपछि गुल्मी र बाग्लुङ हुँदै बुर्तिबाङसम्म पुग्ने सवारीका साधनहरु यतिबेला सहज तरिकाले आवतजावत गर्न थालेका छन् । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका हजारौँ मानिसहरु थप समस्यामा परेका थिए ।
गएको वर्षको भदौ २९ गतेको अविरल वर्षाका कारण ठूलो पैह्रो गएर अचानक बढीगाढ खोला थुनेपछि तुरतुरेमा तीन सय मिटरभन्दा लामो कृत्रिम ताल बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।