पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
दाङ – दाङको घोराहीमा रहेको ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ’ अभियानले प्रतिष्ठानमा पछिल्लो समय उत्पन्न समस्याका समाधानका लागि भन्दै मंगलबार प्रधानमन्त्रीसहित सभामुख, स्वास्थ्य मन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत अभियानले मंगलबार ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सबैखालका समस्याको जड प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारी नै भएको निष्कर्षसहित ज्ञापनपत्र बुझाएको हो ।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ ले भदौ ८ गते २४ घण्टे अल्टिमेटमसहित उपकुलपति संगिता भण्डारीसमक्ष राजीनामा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तर निर्धारित समयावधि बितिसक्दा पनि उपकुलपति संगिता भण्डारीले राजीनामा आएको भन्दै आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गर्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीको कार्यालय, संघीय सभामुखको कार्यालय, संघीय स्वास्थ्य मन्त्रीको कार्यालय र ५ नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालयसमक्ष ज्ञापन पत्र पेश गर्ने, मंगलबार जिल्लामा क्रियाशील स्वास्थ्यसँग सम्बन्धित संघसंस्थासँग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्याका छलफल गर्ने, बुधबार जिल्लाका सम्पूर्ण पक्षसँग सर्वदलीय सर्वपक्षीय छलफल कार्यक्रम र बुधबारसम्म पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित समस्या समाधान नभए भदौ १३ गते दोस्रो चरणका कडा संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
उता प्रतिष्ठानले भने २२ डाक्टरले राजीनामा दिएपछि नयाँ डाक्टर भर्नाका लागि सोमबार नयाँ विज्ञापन खोलेको छ । भदौ २३ गतेसम्मको म्याद राखेर प्रतिष्ठानले विज्ञापन खोलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।