एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, भोलि भव्य उद्घाटन हुँदै
मंसिर १४, २०८१ शुक्रबार
कपिलवस्तु - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट नछुट्याएको गुनासाे गर्नुभएको छ ।
तौलिहवामा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्यमन्त्री यादवले विकसित देशमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत रकम छुट्याइने गरेको भए पनि नेपालमा ४.४ प्रतिशत मात्र बजेट छुट्याउँदा आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रको विकास गर्न नसकिएको बताउनुभयाे ।
आम जनतालाई पूर्ण निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सके मात्रै सरकारको नागरिकप्रतिको उत्तरदायित्व पूरा हुने भन्दै त्यसका लागि सरकार योजनाबद्ध ढंगबाट अघि बढेको उहाँले बताउनु भयो ।
त्यस अवसरमा राज्यमन्त्री यादवले सरकारमा रहेर आफूहरुले गलत कुराको समर्थन गर्न नसक्ने बताउनु भयो । संघीयता कार्यान्वयन गराउन हामी सरकार भित्र बसेका छौँ, राज्यमंत्री यादवले भन्नुभयो, मुलुकमा प्राप्त उपलब्धीलाई रक्षा गरी संघीयताको कार्यान्वयन र अन्य बाँकी अधिकारका लागि संघर्ष नै हाम्रो उद्देश्य हो ।
प्रेस नेपालका जिल्ला अध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य शहसराम यादव, सन्तोष कुमार पाण्डेय, पूर्वमन्त्री दान बहादुर चौधरी, समाजवादी पार्टीका प्रदेश नं. ५ का अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा राज्यमन्त्री यादवले तौलिहवा अस्पतालको अवलोकन र जिल्ला कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।