उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ - बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको गाइखुरे झरनाबाट खस्दा एकजनाको ज्यान गएको छ ।
झरना सरसफाइ गर्ने क्रममा झरनाबाट चिप्लिएर खस्दा उदीपुरस्थित श्रीजंग गणमा कार्यरत ३१ वर्षीय नेपाली सेनाका लेस नायक (प्यूठ) विजय श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक श्रेष्ठको घर काभ्रेकाे बनेपा नगरपालिका–१० हो । बिहिबार बिहान पौने ९ बजेतिर सरसफाइ गर्ने क्रममा झरनाबाट खसेका श्रेष्ठलाई उपचारका लागि सवा ९ बजे जिल्ला सामुदायिक अस्पताल बेसीशहर लगिएको थियो । उपचारका क्रममा १० बजे श्रेष्ठको मृत्यु भएको अस्पतालले बताएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार श्रेष्ठको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।