नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – जनकपुर मन्दिरको जानकी चोकमा युवाहरुलाई प्रहरीले कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन भएको छ ।
बिहीबार फुटपाथमा नरिवल बेच्ने युवक रोशन चौधरी र भिडियो खिच्ने युवा अभियन्ता सुशील कर्णलाई प्रहरीले कुटपिट गरेको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार समिति गठन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायब निरीक्षक, एक जना हवलदार र एक जना जवान रहेका छन् ।
त्यस्तै व्यापारीहरुको एक समूहले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर दोषी प्रहरीमाथि अविलम्ब कारबाही नभए बजार बन्द गर्ने चेतावनी दिएको छ ।
फुटपाथमा नरिवल बेच्ने युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका प्रहरी जवान प्रेमशंकर यादवले बिहीबार दिउँसो कुटपिट गरेका थिए । युवकले आफूले पैसा नदिँदा कुटपिट गरेको र पैसा दिएका पसलेहरुलाई प्रहरीले केही नगरेको बताएपछि त्यसको भिडियो खिचेर स्थानीय युवा अभियन्ता सुशील कर्णले सार्वजनिक गर्नु भएको थियो ।
।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले जानकी प्रहरी चौकीमा युवक रोशनलाई लगेको थियो । त्यसपछि युवा अभियन्ता युवकलाई छुटाउन पुग्दा पर्यटक प्रहरीका इन्चार्ज वीरेन्द्र यादव र युवक कुट्ने प्रहरी प्रेमशंकर यादवले भिडियो किन खिचेको भन्दै कर्णलाई लछारपछार गर्दै कुटपिट र दुर्व्यवहार गरेका थिए ।
घटनालाई लिएर त्यसको विरोधमा स्थानीय युवाहरुले प्रदर्शनीसमेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।