उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
स्याङ्जा - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने र गुण्डागर्दी गर्दै हिँड्नेलाई हटाइने चेतावनी दिनुभएको छ ।
सम्झौता गरेर काम नगर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन्, सरकारले सार्वजनिक खरिद ऐन संशाेधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ’, मन्त्री अर्यालले भन्नुभयो।
अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गर्नुभयो । पछिल्ला समय सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मूल्यांकन जनताले गर्ने बताउनुभयाे । उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गीत प्रतियोगितामा मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।
सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याइने योजनाका साथ अगाडि बढेको उहाँले बताउनुभयो ।
‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमस्टेहरुको परिचालन गर्ने हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘गएका २ वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस्,मुल्यांकन गर्नुस्, परिर्वतन र बदलाव आँफै देख्नुहुन्छ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।