नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं – झापामा अवैधानिक रुपमा सञ्चालित दुई म्यानपावरमा सिलबन्दी गरिएको छ ।
छापा मार्दा कार्यालयका बोर्ड बाहेक केही पनि कागजपत्र नभेटिएकाले एमडी ओभर्सिज र कोशी इन्टरनेश्नल ओभरसिजमा सिलबन्दी गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार ४० वटा म्यानपावरका एजेन्ट र १२ वटा शाखा कार्यलय अनुमति लिएर सञ्चालनमा रहेका छन् ।
वैधानिक रुपमा सञ्चालित एजेण्ट तथा शाखा कार्यालयले कानुनी प्रक्रिया पुर्याएर काम गरे नगरेको अनुगमन गरेर कारवाही गरिने पनि उहाँले बताउनुभयो ।
गैरकानुनी ढंगले ठूलो संख्यामा म्यानपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि जिल्ला समन्वय समिति अन्तर्गत रहेको जिल्ला सुरक्षित आप्रावासन समितिको बैठकको निर्णयअनुसार म्यानपावरमा अनुगमन गरिएको पोर्तेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।