उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – मनाङमा बन्द भएको हवाई उडान ६ वर्षपछि सञ्चालनमा आएको छ । शुक्रबार मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेको हुम्डे विमानस्थलमा गण्डकी प्रदेशको समन्वयमा समिट एयरको हवाइजहाजले उडान भरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग–पर्यटन– वन तथा वातावरण मन्त्री विकास लम्साल, मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ यात्रुलाई लिएर समिट एयरको जहाज हुम्डे विमानस्थल पुगेको हो ।
हवाई उडान असोज १० गतेदेखि नियमित हुने बताइएको छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले जिल्लामा हवाई उडान सुरु भएसँगै स्थानीय उत्साहित भएको बताउनुभयो । लामो समयसम्म हवाई सेवा अबरुद्ध हुँदा नागरिक, पर्यटक, कर्मचारीले भोग्नु परेको समस्यालाई मध्यनजर गरी हवाई उडानका लागि पहल गरिएको प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले बताउनुभयो ।
उहाँकाअनुसार मनाङ–पोखरा र पोखरा–मनाङ नियमित उडान हुन थालेपछि सबैलाई सहज हुनेछ । ‘नियमित उडान गर्न मौसम उचित छ । पर्यटकीय सिजन पनि सुरु हुन लाग्यो,’ उहाँले भन्नुभयो, ‘नियमित गर्न सके पर्यटकीय गतिविधि बढ्छ । जिल्लाको पर्यटन प्रबर्द्धनका साथै स्थानीयलाई समेत सहज हुन्छ ।’
मनाङमा पोखरादेखि हप्ताको दुई पटक नेपाल वायु सेवा निगमले उडान भर्दै आएकोमा विसं २०७० देखि हवाई सेवा बन्द भएको थियो । त्यसयता केही निजी संस्थाले २ पटक हवाई जहाज सेवा परीक्षण गरेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङमा जहाज उडान नियमित गराउन गण्डकी प्रदेश सरकार लागि परेको बताउनुभयो । अक्टोबरबाट पर्यटकको चहलपहल हुने भएको र त्यही समयबाट नियमित उडान गरिने उहाँले बताउनुभयो ।
पर्यटन मन्त्री विकास लम्सालले आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पर्यटन व्यवसायीको समन्वयमा असोज १० गतेदेखि मनाङमा जहाज उडान नियमित गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।