उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ - हिमाली जिल्ला मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा ‘एग्रो मनाङ कृषि फार्म’ले ७ सय ३५ रोपनी क्षेत्रफलमा लगाएको स्याउ टिप्न यतिबेला कामदारहरु जुटेका छन् । बगैँचामा ‘गाला’ जातका स्याउ पाकेसँगै कामदारहरुकाे चटाराे बढेकाे हाे ।
‘कामदारहरु बगैँचाका स्याउ टिप्न व्यस्त छन्,’ एग्रो मनाङ प्रा.लि. का अध्यक्ष समराज गुरुङले भन्नुभयो, ‘बगैँचामा स्याउ पाक्न थालेको छ । राम्रोसँग पाकेको गाला जातको स्याउ टिप्दैछौं । अब केही समयपछि ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्ने तयारी छ ।’
उहाँका अनुसार स्याउ टिप्न खटिएका ३० जना कामदारले दैनिक २ सय किलोसम्म स्याउ टिप्ने गरेका छन् । ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएकाे यस फार्ममा अघिल्लाे वर्ष ३ सय ५० मेट्रिक टन स्याउ फलेको थियो । यस वर्ष ४ सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।
त्यसैगरी स्थानीय नासोङ् गाउँपालिका–९, दानाक्यूका किसान अपिल लामाले स्याउ टिपेर पनि बिक्री गरिसक्नुभएको छ । ‘बगैँचामा ३ क्वीन्टल स्याउ फल्यो । स्याउ टिपेर पनि बिक्री भइसक्यो,’ उहाँले भन्नुभयो, ‘स्थानीय होटलमै स्याउ बिक्री भयो ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) इकाई कार्यालय मनाङका कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार गएको हप्तादेखि जिल्लाका किसानहरु पाकेको स्याउ टिप्नमा व्यस्त छन् । अन्य जातको स्याउको तुलनामा ‘गाला’ जातको स्याउ छिट्टै पाक्ने भएकाले यस जातको स्याउ टिप्न थालिएको र अन्य जातका स्याउ पाक्ने क्रममा रहेको उहाँले बताउनुभयो ।
‘यहाँ उत्पादित स्याउको मुख्य बजार काठमाण्डौ नै हो । केही स्याउ भने पर्यटकहरुले कोसेलीको रुपमा पनि लैजान्छन्,’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।