नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपालीले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था दशैँअघि नै सुरु हुने भएको छ । यसबारे वैदेशिक रोजगार विभागले आवश्यक तयारी थालेको छ ।
अनलाइन प्रणाली सम्बन्धी सबै प्राविधिक कुरा मिलिसकेकाले दशैँको बिदाभन्दा अघि नै पुनः श्रम स्वीकृतिको व्यवस्था गर्ने गरी गृहकार्य भैरहेको विभागका महानिर्देशक भीष्म कुमार भूसालले जानकारी दिनुभयो ।
विभागले बीमाको रकम र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गरिसकेकाले अब धेरै समय कुर्न नपर्ने उहाँको भनाइ छ ।
विभागका अनुसार कल्याणकारी कोषको अनलाइन भुक्तानीको सफल परीक्षण भइसकेको र बीमाको अनलाइन भुक्तानीको लागि केही प्राविधिक कुरा टुँग्याउन मात्रै बाँकी छ ।
पुनः श्रम स्वीकृतिका लागि अहिलेसम्म नेपालमै आउनुपर्ने बाध्यता छ । वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधनले विदेशस्थित नेपाली नियोगबाटै पुनः श्रम स्वीकृति लिन सकिने कानुनी व्यवस्था गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Chuda Prasad Subba
Sept. 23, 2019, 11:18 p.m.चाँडै शुरु भए धेरै राम्रो हुनेछ