ओमानी रियाल र कुवेती दिनारको भाउ केही बढ्यो, कोरियन वन घट्यो

 असोज १६, २०७६ बिहीबार १०:२०:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कुवेती दिनार र ओमानी रियालको भाउ केही बढेको छ भने कोरियन वन घटेको छ । अरु विदेशी मुद्रा भने स्थिर छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेकोको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । हिजो बुधबार पनि खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा थियो । 

बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ १७ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा बिक्रीदर २७ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ०४ पैसा बिक्रीदर २७ रुपैयाँ १९ पैसा रहेको थियो । 

कोरियन वनको भाउ भने आज घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा पुगेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको थियो ।

कुवेती दिनारको भाउ भने केही पैसा बढेको छ । दिनार १ को खरिददर ३७२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३८ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो पनि खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया