पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
अर्घाखाँची - बेलामा तलब नपाउँदा अर्घाखाँचीको शितगंगा नगरपालिकाका शिक्षक र स्वास्थ्य संस्थाका कर्मचारीकाे यसपालिको दशैँ फिक्का भएको छ ।
शिक्षक र स्वास्थ्यका कर्मचारी बाहेक नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पनि वितरण गरेको छैन । दशैँमा पनि सामाजिक सुरक्षा वितरण गर्न नसकेपछि लाभग्राहीहरु निरास बनेका छन् ।
‘वृद्ध भत्ताको भरमा दशैँ मनाउने सोचमा थिएँ अहिले त भत्ता नै पाइनँ’, शितगंगा नगरपालिका-६, जलुकेकी ७८ वर्षीया फुलमाया सारुले गुनासाे गर्नुभयाे, ‘भत्ता पाइनँ, सारै गारो भएको छ ।’
नगरपालिकामा रहेका १ सय १० विद्यालयका शिक्षक , स्वास्थ्यका झण्डै ३० जना कर्मचारीले तलब पाएका छैनन् । पालिकाभित्र रहेका वृद्धवृद्धा, अपांग, एकल महिला कसैले पनि सामाजिक सुरक्षा पाउन सकेका छैनन् ।
तलब तथा सामाजिक सुरक्षा भत्ताको रकम असोज ६ गते निकासा भएको थियो । असोज १ गते प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीकाे सरुवा भएकाे र अर्को प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा नआउँदा तलब र सामाजिक सुरक्षा भत्ता निकासी हुन नसकेको शितगंगा नगरपालिकाका लेखापाल अणबहादुर घर्तीले बताउनु भयो ।
भएका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने र अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउने समस्याका कारण शिक्षक , स्वास्थ्यका कर्मचारी र सामाजिक सुरक्षा भत्ता दिन नसकेको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनुभयाे ।
अघिल्लाे वर्षको अल्या ३ करोडबाट नगरपालिकाका अन्य कर्मचारीहरु र जन प्रतिनिधिको तलब असोज १ गते अघि नै निकासी गरिएको थियो । माथिबाट अरु रकम नआउँदा तलब दिन नसकिएको नगरपालिकाले बताएको छ ।
तर शिक्षक र स्वास्थ्यका कर्मचारीहरुले भने तलब खुवाउन सकिने अन्य विकल्प भए पनि पालिकाले प्रयास नगरेकाे आरोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।