उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
ललितपुर – वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी-कपिलवस्तु विश्व अभियानले सेलिब्रेटीहरुका बीच उहाँकै निवासमा सम्मान गरेको छ ।
राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा उपस्थित सबैलाई सत्यमोहन जोशीले दशैँको टीका लगाएपछि नरेश मानन्धरले उहाँलाई बुद्धको शान्ति सन्देशको प्रतिकको रुपमा शान्ति दीप प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्म वर्तमान नेपालको लुम्बिनीमा भएकै कारण संयुक्त राष्ट्र संघले नै लुम्बिनीको विकासको लागि गुरु योजना तयार पारेको प्रस्ट पार्नुभयाे । राष्ट्र संघको विश्व सम्पदा सूचीमा लुम्बिनीलाई राखिएको र युनेस्कोकै परियोजना अन्तर्गत नै लुम्बिनीमा अत्याधुनिक वैज्ञानिक प्रविधि प्रयोग गरेर उत्खनन र अनुसन्धान गरिएको बताउनुभयो ।
जाेशीले पुरातात्विक प्रमाणका बाबजुद पनि विभिन्न कारणले गर्दा विश्वका विभिन्न ठाउँमा बुद्धकाे जन्मस्थलका विषयमा भएको समस्या समाधानमा लागि लुम्बिनी-कपिलवस्तु विश्व अभियानको उद्देश्य प्राप्तिमा सफलता मिलोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
भक्तपुर सांगीतिक समाजले सत्यमोहन जोशीकै बारेमा तयार पारिएको गीत गाइएको कार्यक्रममा सत्यमोहन जोशीलाई सम्मान गरिएपछि कार्यक्रमको पहिलो सत्र समापन गरिएको थियो ।
कार्यक्रममा दोलखादेखि आउनुभएका विश्व साइकल यात्री एवं सगरमाथा आरोही पुष्कर शाहलाई पनि सम्मान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।