भारतीय विमानमा बम राखिएको भन्दै यो वर्ष झन्डै एक हजार पटक धम्...
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - जनकपुर विमानस्थलमा तोडफोड तोडफोड गरेको आरोपमा पक्राउ पर्नु भएका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनु भएको छ ।
जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायाधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिनु भएको हो ।
शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएलगतै साधारण तारेखमा छोड्ने आदेश दिएको हो । गएको सोमबार जनकपुर विमानस्थलमा बुद्ध एअरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको थियो ।
बुधबार जिल्ला अदालत धनुषाले उहाँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।
सांसद साहलाई ४ दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिए पनि प्रहरीले भने दुई दिन अगाडि नै घटनाको अनुसन्धान गरिसकेको बताएको छ ।
नागरिक उड्डयन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।