उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यङ्ग्य गर्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाण्डौको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यङ्ग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।
आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भीआईपी अरु पनि कति महराहरु होलान् भनी व्यङ्ग्य कसिएको छ । त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरुले मिलेर भ्रष्टाचार गरेको पनि दाबी गरिएको छ ।
सिस्नुपानी नेपालको कार्यक्रममा कवि अर्जुन पराजुलीले शहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यक्त गर्नु भएको छ । उहाँले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जायमान भएको थियो ।
यता, हास्य कलाकार मनोज गजुरेलले चिनिया नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य गर्नु भएको थियो । उहाँले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डिकेट बाँधो’ भनेर व्यङ्ग्य कस्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो ।
सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यङ्ग्य गर्दै देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।