नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दाेलखा - भिमेश्वर नगरपालिका वडा नम्बर-२, सोक्लामा बुधबार बिहान जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ ।
वडा नम्बर-२ कै डाँडागाउँबाट चरिकोट आउँदै गरेको जीप दुर्घटना हुँदा भिमेश्वर नगरपालिका वडा नम्बर-२ डाँडागाउ बस्ने भोजबहादुर वलीकी ९ वर्षीया छोरी रोशनी वलीको ज्यान गएको हो ।
घाइते राेशनीकाे प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा बुधबार ९ बजेर २० मिनेट जाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।
बा १४ च ७६७ नम्बरको बोलेरो जीप आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका चालक भिमेश्वर नगरपालिका-२, डाँडागाउ बस्ने २५ वर्षीया मनु तामाङ, मृतक बालिकाकी बुवा ३५ वर्षीय भोजबहादुर वली र श्रीमती ३० वर्षीया दुर्गा वलीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ ।
जीपमा ९ जना रहेकामा बाँकीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटनास्थल चरिकोटबाट झण्डै १५ किलोमिटर पूर्वमा पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।