बसको ठक्करबाट पूर्व सांसद महतोको ज्यान गयो

 कात्तिक १५, २०७६ शुक्रबार १७:४८:४८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषाका कम्युनिष्ट नेता तथा पूर्व सांसद रामलखन महतोको सडक दुर्घटनामा परि ज्यान गएको छ ।

शुक्रबार दिउँसो धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–१, धुमासानमा रहेको साथीको घरबाट छिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको आफ्नो घर साइकलमा आउँदै गर्दा जनकपुर–ढल्केबर सडकखण्डको नक्साझीजमा बसले ठक्कर दिँदा ६५ वर्षीय पूर्व सांसद महतोको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँलाई ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरले जनाएको छ । उहाँको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर लगिएको छ ।

विक्रम संवत २०५१ सालको मध्यावधि चुनावमा उहाँ तत्कालीन नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँले कांग्रेसका उम्मेदवार तथा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई हराउनु भएको थियो ।

पछि एमाले छाडेर जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका महतो पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया