उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
स्याङ्जा – स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नु भएका रामबहादुर कुरुम्बाङले आफू प्रशासक नभई जनताको सेवक भएको बताउनु भएको छ ।
सीडीओलाई शासकको रुपमा समेत हेरिने संस्कारतर्फ इङ्गित गर्दै कुरुम्बाङले भन्नुभयो, ‘अब जनताको सेवकको रुपमा हेरिने वातावरण म बनाउँछु ।’
सोमबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सञ्चारकर्मीसँग भएको छलफलमा सुशासन कायम गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने उहाँले स्मरण गराउनुभयो । खराब चरित्रलाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गर्दै प्रजिअ कुरुम्बाङले खोज पत्रकारिता गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मबाटै खोज पत्रकारिताको सुरुवात गर्नुहोस् ।’
याे पनि पढ्नुहाेस्
भष्टाचारविरुद्ध कलम चलाउन भन्दै कुरुम्बाङले पत्रकारको सुरक्षामा आफूले कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो । जनप्रतिनिधिहरुले बजेट र योजना निर्माण गर्ने बताउदै कुरुम्बाङले विकास निर्माणमा कर्मचारीतन्त्रको सहयोग अति आवश्यक पर्ने बताउनुभयो ।
म्याग्दीबाट एकीकृत घुम्ती शिविर देशमै पहिलो पटक आफूले सुरु गरेको स्मरण गर्दैै प्रजिअ कुरुम्बाङले स्याङ्जामा पनि घर घरमा पुगेर सेवा दिने स्पष्ट पार्नुभयो । प्रजिअ संघको मात्र नभई प्रदेश र स्थानीय तहको पनि भएकाले सबैसँग सहकार्य गर्दै नतिजा निकाल्ने गरी आफूले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका मेयर दिलिपप्रताप खाण, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मालगायतले बोलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।
Lokraj Roka
Nov. 4, 2019, 7:44 p.m.राम बहादुर कुरुम्बाङ्ग जस्तो अझै हजारौं असल राष्ट्र सेवक प्रशासक र असल नेपाल अामाकाे सन्तान अावश्यकता छ