नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बैतडी - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै रहेको भन्दै सरकारको गम्भीर ध्यानकर्षण भएको बताउनुभएकाे छ ।
भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने कुरा सञ्चारमाध्यमबाटै आफूले थाहा पाएको बताउँदै उहाँले भारतबाट आधिकारिक रुपमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो ।
नक्सामा नेपाली भूमि राखिएको भनिएकाेमा कुटनीतिक पहल भइरहेको विज्ञप्ति पनि निकालिसकेकाे उहाँले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकामा सुरु भएको राष्ट्रनिर्माण महामहोत्सवको उद्घाटन कार्यक्रममा उहाँले मित्रता आफ्नो ठाउँमा भए पनि सीमा भने एक इञ्च पनि मिच्न नदिइने स्पष्ट पार्नुभयो ।
यस्तै वर्षाैँदेखि कुराकानी भइरहेको भए पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाउने सहमति भइरहेको पनि बताउनुभयो ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको लागि भारत सहमतिनजिक रहेको पनि उहाँले जानकारी गराउनुभयो । बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनसनसमेत बसेका कुरा थाहा भएको बताउँदै उहाँले भारत सहमति गर्न तयार रहेको पनि जानकारी गराउनुभयो।
भारतका विदेशमन्त्री एस जयशंकरसँग प्रत्यक्ष भेटघाट गरिसकेकाे र आफूहरु कुटनीतिक पहलमा रहेको उहाँले बताउनुभयाे ।
एक फरक प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रनिर्माणका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। यसैबीच पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले परराष्ट्रमन्त्री ज्ञवालीलाई ७ बुँदे ज्ञापनपत्र समेत बुझाउनुभएको छ ।
ज्ञापनपत्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक, पञ्चेश्वर बाँधस्थलसम्म कालोपत्रे गर्नुपर्ने, पञ्चेश्वरमा रहेकाे महाकाली नदीमा झोलुंगे पुल निर्माण गर्नुपर्ने, छोटी भन्सार कार्यालय स्थापना हुनुपर्ने लगायतका बुँदाहरु रहेका छन् ।
महामहोत्सव उद्घाटनपछि परराष्ट्रमन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको बाँधस्थलको पनि अनुगमन गर्नुभयाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।