प्रदेश २ का कर्मचारीले घुम्न जाँदा थप एक महिनाको तलब पाउने

 कात्तिक २४, २०७६ आइतबार ११:३८:३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ मा कार्यरत्त निजामती कर्मचारीहरुले अब आन्तरिक पर्यटनमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानुन बनाएको हो ।

प्रदेश स्तरीय निकायका निजामती कर्मचारीहरुको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०७६ ले देश भित्र कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जाने कर्मचारीलाई एक महिनाको तलब सुविधा प्रदान गर्ने निर्धारण गरेको छ । तर त्यस्ता कर्मचारीले निर्देशिकाले तोकेको केही दायित्व र आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ ।

भ्रमण सकेर कार्यालयमा हाजिर भएको सात दिनभित्र आफू घुमेको पर्यटकीय स्थल, त्यहाँको आफूसहितको तस्बिरहरुलगायत भ्रमणको विस्तृत प्रतिवेदन सम्बन्धित निकायमा पेश गरे मात्र एक महिना बराबरको थप तलब भुक्तानी हुने निर्देशिकामा जनाइएको छ  । कर्मचारी भ्रमणमा जानु अघि पनि एक महिनाको थप तलब पेश्कीको रुपमा लिन सक्ने छन् । तर, प्रतिवेदन बुझाए मात्र पेश्की लिएको रकम फर्छौट हुने निर्देशिकामा उल्लेख छ ।

सबै निजामती कर्मचारीले यस्तो सुविधा पाउन सक्ने छैनन् । यो सुविधाका लागि प्रदेश २ मा कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा लेखिएको छ ‘प्रदेश निकायमा हाजिर भएर ६ महिना सेवा पूरा गरेका संघीय तथा प्रादेशिक निजामति कर्मचारीहरु यस निर्देशिका बमोजिमको आन्तरिक पर्यटनमा सहभागि हुन सक्नेछन् ।’

निजामती कर्मचारी आफू कार्यरत जिल्लाबाहेक प्रदेश अथवा देशभित्रको  जुनसुकै पर्यटकीय स्थलको भ्रमणमा जान सक्नेछन् । भ्रमणमा गएका कर्मचारीले खर्च विवरण बुझाउनुपर्ने छैन ।

प्रदेश नम्बर २ को आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको अनुमान बजेट वक्तव्यको बुँदा नम्बर १२२ ले दिएको नीतिगत अधिकार प्रयोग गर्न प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ को दफा नम्बर २ बमोजिम प्रदेश सरकारले यो निर्देर्शिका बनाएको जनाएको छ ।

प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले प्रदेश २ मा पर्यटन प्रवर्द्धन, कर्मचारीलाई स्थायित्व राख्ने उद्देश्यले  निर्देशिका प्रदेश सरकारले बनाएको बताउनुभयो ।

‘आर्थिक मामलिा तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमै यो कुरा उल्लेख गरेको थियो । यही अनुसार निर्देशिका तयार भएको छ ।’ प्रमुख सचिव सुवेदीले भन्नुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • पशुपति बश्याल

    Nov. 10, 2019, 2:29 p.m.

    यस्तो गर्ने हो भनी भोलि का दिनमा सबै कर्मचारीहरु आ-आफ्नो काम छोडेर भ्रमणमा निस्केको देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया