नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
ओखलढुंगा - दुबईबाट नेपाल आएर एक जनाकाे हत्या गर्ने दाङका एक युवकलाई ओखलढुंगा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
मोलुङ गाउँपालिका वडा नम्बर-३ का २७ वर्षीय सन्तोष कार्कीको घरैमा आएर हत्या गरेको अभियोगमा दाङको भालुवाङका ३७ वर्षीय संजितकुमार थापालाई जिल्ला अदालतले सोमबार साँझ जन्मकैद सजाय हुने फैसला सुनाएको हो ।
थापालाई जिल्ला न्यायधीश दलबहादुर केसीको इजलासले कर्तव्य ज्यान मुद्दामा कसुर ठहर गर्दै २५ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिनुभयो । दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसित अनैतिक सम्बध राखेको आरोपमा कार्कीको ०७५ भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका-३ मा रहेकाे पीडितकै घरमा गइ खुकुरी प्रहार गरेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
खुकुरी प्रहारबाट कार्कीको शरीरभरी चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ भदौ १२ गते उनकै घर छेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । गएकाे भदौ १३ गते ओखलढुंगा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले क्रुर र अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजन्म काराबासको सजाय माग दावी गरे पनि क्रुर तरिकाले यातना दिएर हत्या नगरेको तथा आरोपितले अभियोग स्वीकारेको देखिएकाले जन्म कैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भइ सजाय तोकिएको अदालतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।