नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू थप उर्जा र प्रेरणाकासाथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया दिनुभएको छ ।
बिहीबार उहाँले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, 'जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु थप उर्जा र प्रेरणाका साथ ।'
उहाँले मन्त्रीको रुपमा काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्रीप्रति कृतज्ञता पनि प्रकट गर्नुभएको छ । यस्तै सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैलाई धन्यवाद दिनुभएको छ ।
मन्त्रिपरिषद पुनर्गठनको क्रममा मन्त्री विष्टलाई समेत हटाइएको भन्दै धेरैले प्रधानमन्त्रीको आलोचना गरेका छन् । विष्टले सुरक्षित वैदेशिक रोजगारी, देशभित्रै कामको अवसर र श्रमको सम्मान तथा सामाजिक सुरक्षाको क्षेत्रमा सुधारको प्रयास गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डिल्लीराम सुबेदि
Nov. 21, 2019, 12:01 p.m.2/3को सरकार नाताबाद र भ्रष्टाचारिको पोल्टामा गयर इस्खलित भयो यो सम्पुर्ण नेपाली को लागि धेरै दुखको कुराहो ।देशमा जेहोला भन्ने आम मानिसको बुझाइ भन्दा बिपरित भयो यो नै कमिनिस्ट सरकार को पतनको सुरुवात नहोला भन्न पनि सकिन्न।