नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बैतडी – बैतडीमा नेपाली कांग्रेसबाट पालिकाको चुनावमा निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटनामा मंसिर १० गते नेकपाले गरेको चुनावी सभामा वडाअध्यक्ष धामीसँगै १५ जनाले नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिनुभयो ।
नेकपाले मंसिर १४ गते हुने उप–चुनावलाई लक्षित गर्दै केन्द्रीय नेताको सहभागितामा चुनावी सभा गर्दै आएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशीले बैतडीको पुर्चौँडी क्षेत्रमा एक वर्षभित्रै विद्युतीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । यसका साथै पुर्चौँडी क्षेत्रमा अस्पताल स्थापनाका लागि पनि सरकारले पहल गर्ने नेता जोशीले आश्वासन दिनुभयो ।
पुर्चौँडीमा भएको चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर, बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट र नेता परमानन्द भट्टलगायतको उपस्थिति रहेको थियो ।
नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सह–संयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशी, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज नरेन्द्र कुँवरलगायतका नेताहरुले स्वागत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।