रवि लामिछानेलाई पाेखराबाट काठमाण्डाै ल्याइयाे
मंसिर १३, २०८१ बिहिबार
पछिल्ला केही दिनयता देशमा ठूला दुर्घटना भएका छन् । यसले हामी सबैलाई दुःखी बनाएको छ । के कारणले दुर्घटना भयो र यसलाई कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि धेरै बहसहरु भएका छन् ।
दुर्घटना कम गर्ने विषयमा सबैभन्दा पहिले चालक नै जिम्मेवार हुनुपर्छ । चालकले जानीजानी दुर्घटना गराएका छन् भन्न त मिल्दैन तर दुर्घटनाको ८५ प्रतिशत कारण चाहिँ चालक नै हुन् जस्तो लाग्छ । चालकले गाडी चलाउँदा जति ध्यान दिनुपर्ने हो, त्यत्ति ध्यान नदिएको पाइन्छ ।
पहिलो कुरा बाटो खराब र अप्ठ्यारो छ भने त्यो बाटोमा कसरी चलाउने भन्ने कुरा जान्नुपर्यो । चालकले थोरै खाली सडक देख्नेबित्तिकै गाडी तीव्र गतिमा चलाउने प्रवृत्ति बढ्दो छ । त्यसो गर्नु हुँदैन ।
बाटोको क्षमता हेरेर मात्र गाडी गुडाउनु पर्छ । साना गाडीको लागि सडक बनाइएको हुन्छ, तर त्यहाँ धेरै लोड बोकेर ठूला गाडी गुडेको देखिन्छ ।दुर्घटनाको मुख्य कारण यो पनि हो । ट्राफिक प्रहरीले गाडी र बाटोको क्षमताभन्दा धेरै यात्रु र लोड निषेध गरेको छ । ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिरहेका छन् । तर ट्राफिक र प्रहरीको आँखा छलेर क्षमताभन्दा धेरै यात्रु र सामान राख्ने क्रम घटेको छैन ।
रिजर्भ गरेर गाडी लैजाँदाको जोखिम
पारिवारिक भेटघाट, घुमघाम, पिकनिक, सभा सम्मेलन लगायतका काममा जाँदा गाडी रिजर्भ गरेर लैजाने चलन छ । विशेषगरी शहरमा चल्ने लोकल रुटका बसलाई टाढा र पहाडी सडकमा लैजाँदा धेरै दुघर्टना भएका छन् । शहरमा गाडी चलाउने चालकले बाहिर जाँदा थोरै खाली सडक देखे पनि तीव्र रुपमा कुदाइहाल्छन् । नयाँ ठाउँमा सडकको जानकारी नहुँदा कति कम गर्नुपर्नेमा उनीहरुले झनै कुदाएको देखिन्छ ।
यस्तै रिजर्भ गाडी हो भन्दै ट्राफिक नियम मिच्ने प्रवृत्ति पनि बढ्दो छ । घुमघाममा जाने रिजर्भ गाडीभित्रका धेरै यात्रुले जाँडरक्सी पिएको पाइन्छ । यात्रुले जाँडरक्सी पिएपछि चालकलाई पनि खाउँ खाउँ लाग्छ र यात्रुले थाहै नपाउने गरी पिउने गरेकाे पनि पाइएकाे छ।
दूरदराज र पहाडी बाटोमा नजिकै नजिकै ट्राफिक जाँच पनि हुँदैन । त्यसैले शहरबाट गएका चालकले मनपरी जस्तो गरेको देखिन्छ । अनि रिजर्भ गाडीमा गीत गाउने, चर्को स्वरमा गीत बजाउने, नाचगान गर्ने र चालकलाई पनि डिस्टर्ब गर्ने हुँदा पनि दुघर्टनाको जोखिम बढेको छ ।
यस्तै बेलुकी धेरै जाँडरक्सी खाने र अर्को दिन बिहानै गाडी चलाउने गर्दा पनि दुर्घटना भएको देखिएको छ । सकभर रिजर्भ जाँदा शहरी क्षेत्रमा चल्ने गाडीभन्दा पनि सम्बन्धित रुटमा चल्ने गाडी नै लैजाँदा राम्रो हुन्छ ।
सहरमा थोत्रा भएका गाडी पहाडमा, गाउँमा मनलाग्दी सडक
शहरमा १२-१५ वर्ष चलाएर थोत्रा भएका गाडी पहाडमा लगेर चलाउने चलन छ । पहाडमा चल्ने गाडी नयाँ र चुस्त हुनुपर्नेमा उल्टो थोत्रा भैसकेका गाडी चलाउने गरिएको छ । यसले गर्दा पनि पहाडमा दुर्घटनाको जोखिम छ । पहाडी क्षेत्रमा नजिक नजिक गाडी मर्मत गर्ने वर्कशप पनि हुँदैनन् । सानो समस्या त देखिएको हो नि भन्दै चालकले लामो समयसम्म गाडी मर्मत गर्दैनन् ।
६-६ महिनामा सरकारी संयन्त्रले गाडीको जाँच गर्नुपर्ने भए पनि त्यो नियम पालना गराउन यातायात व्यवस्था विभागसँग पर्याप्त जनशक्ति नै छैन ।
अर्को कुरा अहिले गाउँ गाउँमा इञ्जिनियरिङ अध्ययनबिना नै जथाभावी सडक खनिएको छ । गाउँ गाउँमा बजेट र अधिकार गएको छ, पहिलो काम नै सडक खन्ने भैरहेको छ । कस्तो भू-बनोटमा सडक बनाउने, गाडीको लागि सहज बाटो कताबाट खन्दा ठिक हुन्छ, इञ्जिनियरिङ अध्ययन गर्नुपर्छ भन्ने सोच कम नै छ । डोजर चालकलाई फकाएका भरमा बाटोको रेखा कोरिन्छ, यसले पनि पहाडमा दुर्घटना बढिरहेको छ ।
दुर्घटनाको सवालमा स्थानीय सरकारले अझै गम्भीर बन्नुपर्ने देखिन्छ । अहिले कानुनले नै स्थानीय सरकारलाई ट्राफिक व्यवस्थापन र सडकको अधिकार दिएको छ । यसलाई उहाँहरुले सही सदुपयोग गर्नुपर्छ । सडक अनुशासनको विषयमा पालिकाहरुले धेरै काम गर्न सक्छन् ।
यात्रु पनि जिम्मेवार बनौँ
यात्रा गर्ने यात्रु जिम्मेवार नबन्दा पनि कैयौँ दुर्घटना भएका छन् । गाडीमा कोचाकोच यात्रु हुँदा पनि हामी त्यही गाडीमा कोचिएर जान खोज्छौँ । एकैछिनमा अर्को गाडी आउँछ भन्ने जान्दाजान्दै पनि गाडीमा क्षमताभन्दा धेरै यात्रु बस्छौँ ।
गाडी चालकले गल्ती गरेको देख्दा ट्राफिक प्रहरी या प्रहरीलाई तुरुन्तै खबर गर्नुपर्छ । १०३ र १०० मा फोन गर्दा नजिकै रहेको प्रहरी चौकीमा फोन जान्छ र तत्कालै हामी एक्सनमा जान्छौँ । यात्रुको एक फोनले गर्दा कैयौँको ज्यान बच्न सक्छ । आफू चढेको गाडीको चालकले रक्सी खाएको शंका लागेमा पनि तुरुन्तै ट्राफिक प्रहरीलाई खबर गर्नुपर्छ ।
चालकसँग कुनै पनि विषयमा झगडा गर्नु हुँदैन । प्रहरी या ट्राफिक प्रहरीलाई खबर गर्नुपर्छ । दुर्घटना कम गर्न यात्रुको भूमिका पनि महत्वपूर्ण हुन्छ । नागरिक पनि बिनाबर्दीका प्रहरी हुन् भन्ने मान्यतालाई हामी सबैले आत्मसात् गर्नुपर्छ ।
(महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रहरी वरिष्ठ उपरीक्षक ढकाल महानगरीय ट्राफिक महाशाखाका प्रमुख हुनुहुन्छ ।
Pramil Kharal
Dec. 16, 2019, 9:40 p.m.सही बिश्लेषण!!