बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाडाैं – उपत्यकामा केही दिनयता गर्मी बढेको छ । सापेक्षित आद्रता बढी हुँदा गर्मी बढेको मौसमविद्ले बताएका छन् । पानी पर्दा सापेक्षित आद्रता बढेको हो । काठमाडौंमा विहीबार तापक्रम ३२ दशमलव ५ डिग्री पुगेको थियो ।
यसअघि असार २४ गते काठमाडौंको तापक्रम यो वर्षकै धेरै ३२ दशमलव ६ डिग्री सेल्सियस रहेकोमा त्यसयता घट्दै गएको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि उपत्यकामा दिउँसो चर्को घाम लाग्ने सम्भावना छ । आज ३२ देखि ३४ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
शुक्रबार पश्चिमको एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया बदली हुनेछ ।
अहिले देशका मुख्य नदीमा पानीको वहाव बढे पनि ठूलो बाढीको जोखिम भने छैन । तर शनिबार बागमती, पूर्वी राप्ती, नारायणी, बाणगंगा, तिनाउ, बबई, पश्चिम राप्ती, कर्णाली, मोहना मछेली, महाकालीलगायत मध्य र पश्चिमको चुरेबाट बहने खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।