मलेसिया जाने युवासँग चर्को रकम असुल्दै गर्दा पक्राउ

 पुष २, २०७६ बुधबार २०:५८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंँदै गरेको अवस्थामा एक जनालाई वैदेशिक रोजगार विभागले फेला पारेकाे छ ।

गुल्मीकाे रेसुङ्गाका अनिल बिक, सन्दीप बिक र दीपक बहादुर सुनार तथा बराह नगरपालिका सुनसरीका सन्तोष बिष्टसँग ४ लाख ५० हजार रुपैयाँ लिंँदै गरेको अवस्थामा लाइफ इन्टरनेशनल ओभरसिजमा फेला पारिएको विभागका महानिर्देशक डा भीष्म कुमार भुसालले बताउनुभयाे ।

४ जना युवा मलेसियाको अबिबा प्लास्टिक उद्योगमा कामका लागि जान इजाजतपत्र नम्बर ७६० भएको महाराजगञ्जमा रहेकाे लाइफ इन्टरनेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गर्दा उनले ‘मलेसिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न’ भनेर त्यसै अनुसारकाे पैसा लिँदै गर्दा विभागले फेला पारेकाे हाे । 

डेढ महिना अघि त्याे मलेशियन कम्पनीबाट नेपाल र मलेसियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्री भिसा फ्री टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेसिया पठाइँदै थियो । त्यस कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी चार जनासहित ३६ जनाले श्रम स्वीकृति लिएको देखिएको भुसालले बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया