बिहीबार ओमानी रियालबाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

 पुष १७, २०७६ बिहीबार ११:३:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार ओमानी रियालको भाउ बढेको छ भने अरु विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा थियो । 

ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १७ पैसा तोकेको छ । बुधबार यसको खरिददर २९७ रुपैयाँ ०५ पैसा रहेको थियो ।  

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा थियो । 

यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा तोकेको छ । बुधबार यसको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा तोकेको छ । बुधबार यसको खरिददर ३७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९४ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७२ पैसा थियो ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया