नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका बुद्धिमान तामाङको शुक्रबार पोखरीमा डुबेर ज्यान गएको छ ।
धादिङको थाक्रे गाउँपालिका घर भएका बुद्धिमानको माछालाई आहारा हाल्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको उहाँका बुवा चन्द्रबहादुर तामाङले बताउनुभयो ।बुद्धिमान मलेसियाको क्वालालाम्पुरमा रहेको य सुन यक्वाकल्टर कम्पनीमा काम गर्दै आउनुभएको थियोे ।
८ वर्षअघि मलेसिया गएका तामाङ अहिलेसम्म एकपटक पनि नेपाल आउनुभएको थिएन । तामाङका २४ वर्षीय छोरा र १७ वर्षीया छोरी छन् ।
मृतकको शव नेपाल ल्याउने तयारी भैरहेको परिवारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।