नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – मंगलबार कतारी रियाल र मलेसियन रिंगिटको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको थियो ।
कतारी रियालको भाउ भने केही बढेको छ । रियाल १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको थियो ।
यस्तै, ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर २९३ रुपैयाँ ६९ पैसा रहेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको थियो ।
मलेसियन रिंगिटको भाउ पनि मंगलबार केही बढेको छ । एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ पैसा ९८ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा नै रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५१ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ५१ पैसा तोकेको छ । हिजो खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८० पैसा रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।