नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
लमजुङ – कलिलै उमेरमा गर्भवती हुनेको किशोरीको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । विशेषगरी ग्रामीण क्षेत्रका दलित र जनजाति समुदायका किशोरीहरु सानै उमेरमा वैवाहिक जीवनमा बाँधिने र गर्भवती हुने गरेको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ ।
जिल्ला सामुदायिक अस्पताल लमजुङका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा अस्पतालबाट १ हजार १ सय ९० जनाले प्रसुती सेवा लिएको थिए । जसमा २० वर्षभन्दा कम उमेरका ३ सय ६३ जना रहेका छन् ।
आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय २ जनाले प्रसुती सेवा लिएको थिए । जसमा २ सय २५ जना २० वर्षभन्दा कम उमेरकै थिए ।
यस्तै आर्थिक वर्ष २०७२÷७३ मा १ हजार २ सय २५ जनाले प्रसूति सेवा लिइएकोमा २ सय ५६ जना २० वर्षभन्दा कम उमेरका रहेको पनि अस्पतालको तथ्यांकमा उल्लेख छ ।
२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका महिलाहरूको विवाह भने १६ देखि १८ वर्षको उमेरमा हुने गरेको छ ।
अस्पतालमा प्रसुती सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसुती गराउने मध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत युवराज देवकोटाले बताउनुभयो ।
नेपालको कानुनमा उल्लेख गरिएअनुसार २० वर्षअघि विवाह गर्न बन्देज छ । तर लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसुती गराउन आउने ३१ प्रतिशत महिला २० वर्षभन्दा कम उमेरकै रहेको अस्पतालको तथ्यांकले देखाउँछ ।
‘सानो उमेरमा गरिने विवाहले महिलाहरूको स्वास्थ्यमा पनि असर पर्छ । यसतर्फ सचेत गराउन स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनु आवश्यक छ । समुदायमा चेतना जगाउन आवश्यक छ,’ जिल्ला सामुदायिक अस्पताल लमजुङकी स्त्रीरोग विशेषज्ञ डा. सिर्जना हमालले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।