जापान पठाइदिन्छु भन्दै ठगेर फरार अजय पक्राउ

 माघ २६, २०७६ आइतबार १२:४:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – जापान पठाइदिने भन्दै ठगी गर्ने भक्तपुर सूर्यविनायक नगरपालिका ७ का अजय तामाङ पक्राउ परेका छन् ।

वैदेशिक रोजगार ठगीमा चार वर्ष ६ महिना कैद सजाय सुनाइएका फरार अजयलाई शुक्रबार केन्द्रीय अनुसन्धा व्यूरो (सीआईबी)ले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

सुमन ऐरीलाई जापान पठाइदिन्छु भन्दै रकम लिएर नपठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणले गएको वर्ष मंसिरमा अजयलाई साढे चार वर्ष जेल र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

फैसला कार्यान्वयनका लागि अजयलाई भक्तपुर जिल्ला अदालतमार्फत् कारागार कार्यालय डिल्लीबजार पठाइएको सीआईबीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया