उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा बिनाअनुमति प्रयोग गरिएका २ ओटा ड्रोन क्यामेरा जफत गरेको छ ।
निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म नियम विपरीत निकुञ्ज क्षेत्रमा प्रयोग गरिएका २ ओटा ड्रोन क्यामेरा जफत गरेको निकुञ्जका प्रमुख भूमिराज उपाध्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामत गरिएको हो ।
बरामद गरिएका ड्रोन क्यामेराहरु विभागमा पठाउने तयारी भइरहेको निकुञ्जको कार्यालयले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिनाअनुमति क्यामेरा, ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।
विगतमा निकुञ्ज क्षेत्रमा चोरी शिकारका लागि थापिएका विभिन्न प्रकारका धराप, पासोलगायतका सामग्रीहरु बरामद हुने गरिए पनि चालु आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।