उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
पाँचथर - छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।
कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले बताउनुभयो ।
पीडित बालिकाकी आमाले दुलाल विरुद्ध प्रहरीमा उजुरी दिएपछि दुलाललाई बिहीबार पक्राउ गरिएको हो । बुधबार प्रधानाध्यापक दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको थियाे ।
दुलालले यसअघि पनि पटक/पटक दुर्व्यवहार गर्दै आएको पीडितका आफन्तले बताएका छन् ।पक्राउ परेका दुलालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ ।
घटना सार्वजनिक भएपछि दुलालले घटनालाई मिलाउन केही स्थानीय नेतामार्फत बालिकाको परिवारलाई दबाब दिएका थिए । गाउँमा मिल्न ईन्कार गर्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।