रवि लामिछानेकाे आजकाे बयान सकियाे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गर्नुहोस् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको नवीकरण गरेको छ ।
तपाईं स्वास्थ्य परीक्षण गर्न गइरहेको मेडिकल सरकारले तोकेको सूचीभित्र नपरेको पनि हुनसक्छ । त्यही भएर सूचीभित्र परेको छ कि छैन, बुझेर मात्र स्वास्थ्य परीक्षण गर्नुहोस् ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन कार्यविधि, २०७२ अनुसार तोकेको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरु मात्र सूचीकृत भएका हुन् ।
पहिले २५९ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । तर नवीकरणपछि ३४ स्वास्थ्य संस्था सूचीबाट हटेका छन् । अब २२५ स्वास्थ्य संस्थाले मात्र वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् ।
सूचीकृत भएका स्वास्थ्य संस्थाको विवरण हेर्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।