नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दोलखा – दाेलखामा झण्डै तीन कराेड रुपैयाँ बराबरकाे विद्युत् महसुल उठ्न बाँकी रहेको दोलखा विद्युत् प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म दोलखाका विभिन्न किसिमका ग्राहकबाट दुई करोड ९५ लाख ५६ हजार दुई सय ६९ रुपैयाँ २४ पैसा उठ्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।
विशेषगरी उद्योगी व्यवसायी र सर्वसाधारण ३० प्रतिशत ग्राहकबाट महसुल बापतको रकम उठ्न बाँकी छ भने प्राधिकरण दोलखाका ७० प्रतिशत ग्राहकले नियमित विद्युत् महसुल तिर्दै आएको बताइएको छ । बैत्यश्वर, तामाकोशी र मेलुङ गाउँपालिकाका ग्राहकबाट विद्युत् महसुल नियमित भुक्तानी नहुने प्राधिकरणकाे भनाइ छ ।
विद्युत् महसुल लामो समयदेखि नतिर्ने एक सयभन्दा बढी ग्राहकलाई कालो सूचीमा राखिएको छ । तिर्न बाँकी रहेको विद्युत् महसुल समयमै तिर्न प्राधिकरण दोलखाले अनुरोध समेत गरेको छ ।
चालु आर्थिक वर्ष २०७६/०७७ को अहिलेसम्म आठ करोड ७२ लाख ९४ हजार आठ सय ९६ रुपैयाँ विद्युत् महसुल बापतको रकम सङ्कलन भएको प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।